दफा १४
संचालकलाई ऋण, जमानत तथा सुरक्षण दिन नहुने
 कुनै पनि बीमकले आफ्नो  संचालक वा निजका परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थालाई ऋण दिन वा कसैले ऋण दिंदा कुनै किसिमको जमानत वा सुरक्षण दिन हुँदैन । तर बीमकले जारी गरेको विमालेखको सरेण्डर भ्यालुसम्म दिएको ऋण बारे यो दफा लागू हुने छैन ।